क्षितिज समर्पणले उपन्यास ‘तोरकीन’मा उपल्लो मुस्ताङको सामाजिक, सांस्कृतिक र भौगोलिक इतिहासलाई मिथकीय शैलीमा प्रस्तुत गरेका छन्।
काठमाडौँ — लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ सार्वजनिक भएको छ। उपन्यासमा उपल्लो मुस्ताङको सामाजिक, सांस्कृतिक र भौगोलिक इतिहासलाई मिथकीय शैलीमा प्रस्तुत गरिएको छ।
उपन्यासमा त्यहाँको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति र परम्पराजस्ता विषयवस्तु समेटिएका छन्। ‘तोरकीन’को अर्थ स्थानीय ल्होवा भाषामा ‘हराउँदै जानु’ वा ‘लोप हुनु’ हो।
लेखक समर्पणले यस उपन्यासमार्फत रित्तिँदै गएका बस्ती, पग्लिँदै गएका हिमाल, चिसिँदै गएका सम्बन्ध र हराउँदै गएका संस्कारहरूको कथा लेखेको बताए। उनले पाठकलाई मानव सभ्यताको जरामा फर्काउने प्रयास गरेको उल्लेख गरे।
उपन्यासमा छेवाङ र कुन्साङ नामक मुख्य पात्रमार्फत तीन पुस्ताको कथामा मानव जीवनका आरोह-अवरोह र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको छ।
सरल र काव्यात्मक भाषा-शैली तथा स्थानीय लवजको प्रयोगले उपन्यासलाई अझै पठनीय बनाएको प्रकाशक बुकहिलले जनाएको छ। बुकहिलका अनुसार, यो उपन्याससँगै नेपाली साहित्यमा एक उम्दा लेखकको उदय भएको छ।
जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय छन्। उनी 'बाह्रखरी कथा लेखन प्रतियोगिता' (२०७६ र २०७७) बाट पुरस्कृत भएका थिए। उनी दसौँ राष्ट्रिय खेलगीतका रचनाकार पनि हुन्। ३३६ पृष्ठको यस उपन्यासको बजार मूल्य ६६६ रुपैयाँ तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
