जेनजी प्रदर्शनका दौरान वीरगन्जमा भएको आगजनीमा परेर गम्भीर घाइते भएकी एक महिलाको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ– जेनजी प्रदर्शनका दौरान वीरगन्जमा भएको आगजनीमा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
भदौ २४ गते प्रदर्शनकारीले वीरगन्जमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगी अनिल रुङ्टाको पावरहाउसस्थित घरमा आगो लगाएका थिए।
संविधानसभा सदस्यसमेत रहेका रुङ्टाको घरमा लागेको आगोमा परेर गम्भीर घाइते भएकी सखुवा प्रसौनी गाउँपालिका–२ निवासी ४५ वर्षीया सुशीला हजाराको सोमबार मृत्यु भएको हो।
उनको काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पर्साका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, आगलागीमा परेपछि उनको शरीरको करिब ५० प्रतिशत हिस्सा जलेको थियो।
वीरगन्जको भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो।
यसै घटनामा उनीसँगै भारतको सीमावर्ती बिहार प्रान्तको पूर्वी चम्पारण जिल्लाको सुगौली घर भएका युवा १८ वर्षीय विनय यादव पनि जलेर गम्भीर घाइते भएका थिए।
यादवको शरीरको पनि धेरै हिस्सा जलेको अवस्थामा हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। यादवको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए।
प्रहरीका अनुसार, आगजनीमा परेर घाइते भएका दुवै जना रुङ्टाको घरमा काम गर्ने व्यक्ति थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
