मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै मंगलबार साँझ पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
चितवन– मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै मंगलबार साँझ ४:५५ बजे ठूलो पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। यस पहिरोले गर्दा दशैँ मनाउन घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्।
सडक डिभिजन भरतपुरका अनुसार, पहिरो निरन्तर खसिरहेकाले तत्काल सडक पन्छाउन समस्या भएको छ। यसकारण सडक कहिले खुल्छ भन्ने निश्चित छैन। यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
“निरन्तर रूपमा पहिरो झर्ने क्रम नराेकिँदा, पहिरो पन्छाउन समस्या भएको छ। याे सडक हुँदै यात्रा गर्दै हुनुहुन्छ भने कृपया वैकल्पिक सडक प्रयाेग गर्नुहुन अनुरोध गरिन्छ,” सडक डिभिजन भरतपुरले फेसबुकमा पहिरो खस्दै गरेको भिडियो पोस्ट गर्दै भनेको छ।
यसअघि, शुक्रबार साँझ सोही स्थानमा खसेको पहिरो सोमबार मात्र पन्छाएर सवारी आवागमन सुचारु गरिएको थियो। त्यसैगरी, बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा पनि सोमबार राति खसेको पहिरो पन्छाएपछि मात्र राजमार्ग खुलेको थियो।
मुग्लिन-नारायणगढ सडकखण्ड पटक–पटक पहिरो खस्दा दशैँ मनाउन हिँडेका यात्रुहरूले सास्ती भोग्नुपरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
