पदबहालीपछि मन्त्री सिन्हाले कानूनको भाषा, शैली र निर्माण प्रक्रियालाई आमजनताले सजिलै बुझ्न सक्ने बनाउन अध्ययन गर्ने निर्णय सदर गरेका छन्।
काठमाडौँ— नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका छन्।
पदबहालीपछि मन्त्री सिन्हाले कानूनको भाषा, शैली र निर्माण प्रक्रियालाई आमजनताले सजिलै बुझ्न सक्ने बनाउन अध्ययन गर्ने पहिलो निर्णय सदर गरेका छन्।
उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै जेनजी पुस्ताले उठाएको सुशासन, भ्रष्टाचारमुक्त समाज र स्वदेशमै रोजगारीको विषयलाई सरकारले प्राथमिकतामा राख्ने बताए।
मन्त्री सिन्हाले अहिलेको चुनावी सरकारको पहिलो र मुख्य प्राथमिकता तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु रहेको बताए। “अहिलेको तत्कालका लागि जति पनि प्रश्न उठेका छन्, त्यसलाई सम्बोधन गर्दै जानुपर्नेछ,” उनले भने, “तोकिएको समयमा चुनाव सम्पन्न गर्नुपर्छ, त्यसमा कुनै सम्झौता गर्न सक्दैनौँ।”
उनले निर्वाचनका लागि आवश्यक कानुनी संशोधन र परिमार्जन गर्न अध्यादेशमार्फत भए पनि व्यवस्था गरिने जानकारी दिए। भ्रष्टाचार छानबिनसम्बन्धी आयोग गठनको विषयमा भने आवश्यक छलफलपछि मात्र निष्कर्षमा पुगिने उनले बताए।
मन्त्री सिन्हाले जेनजी प्रदर्शनका क्रममा अदालतमा भएको आगजनीबाट नष्ट भएका मिसिलहरूको सन्दर्भमा ठूलो चुनौती रहेको बताएका छन्। “मिसिलहरूलाई जस्ताको तस्तै अवस्थामा फर्काउन कठिन छ,” उनले भने, “तर पनि मिसिलसम्बन्धी विवरणहरू संकलन गरेर मुद्दा फर्छ्योटलाई अगाडि बढाउनुपर्छ।”
उनले दशैँपछि अदालतको कामलाई 'ट्र्याकमा' ल्याउन सकिने भए पनि पूर्ण रूपमा पुरानै अवस्थामा फर्किन धेरै समय लाग्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
