गोलबजार नगरपालिका–१३ का एक किशोरको अपहरणपछि हत्या भएको घटनाको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।
सिरहा— गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या भएको घटनाको अनुसन्धानका लागि प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, मृतकका आफन्त र छिमेकीसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। गाउँनजिकै शव फेला परेकाले घटनामा परिवार वा छिमेकी नै संलग्न भएको आशंका गरिएको छ।
जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिको नाम सार्वजनिक नगरिएको बताए। "दोषीलाई चाँडै कानूनी दायरामा ल्याइनेछ," उनले भने। घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुरसमेत मगाइएको छ।
अभिषेकको शव मंगलबार बिहान घरबाट करिब १०० मिटर पूर्वको आँपको बगैँचामा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो।
परिवारका अनुसार, अभिषेक आइतबार राति ८ बजेदेखि बेपत्ता थिए। रातभरि खोजी गर्दा पनि फेला नपरेपछि सोमबार बिहान उनको मोबाइलबाट आमाको मोबाइलमा फिरौतीको सन्देश आएको थियो। त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।
शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
