पाँच हजारनजिक पुग्यो डेंगी संक्रमितको संख्या

डोल्पा, हुम्ला र मनाङबाहेक सबैजसो जिल्लामा डेंगी फैलिएको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ।

काठमाडौँ– नेपालमा डेंगी संक्रमितको संख्या करिब पाँच हजार पुगेको छ। 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार, हालसम्म ४ हजार ८१४ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म डोल्पा, हुम्ला र मनाङबाहेक सबैजसो जिल्लामा डेंगी फैलिएको छ भने संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ।

डा. दाहालका अनुसार, पानी पर्न रोकिएसँगै र जाडो शुरू हुन थालेपछि डेंगीको जोखिम बिस्तारै कम हुनेछ।

तथ्यांकअनुसार कोशी प्रदेशमा ७१४, मधेशमा ९५, बागमतीमा एक हजार ६४, गण्डकीमा एक हजार २७३ जना, लुम्बिनीमा ८४३, कर्णालीमा २७० र सुदूरपश्चिममा ५५५ जनामा डेंगी संक्रमण देखिएको छ।