तस्वीरमा बीपी राजमार्ग

राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

तस्वीरमा बीपी राजमार्ग
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– बीपी राजमार्गको कटुञ्जेबेशी, मंगलटार तथा नेपालथोक क्षेत्रमा यात्रुले सास्ती भोग्नु परेको छ। दशैँको आगमनसँगै हजारौँ यात्रुले प्रयोग गर्ने सडक धुलाम्मे छ। गत वर्षको असोजमा आएको बाढीले सडक पूर्ण रूपमा क्षति हुँदा यात्रा गर्न कठिन भएको छ।

null

रोशी खोलाको बाढीले राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे छ। राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। 

null

भकुण्डेबेँशीबाट नेपालथोकसम्म विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरिएको हो। यसको स्रोत भने सुनिश्चित भएको छैन।

राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो।

nullnullnullnullnull