पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको छ।
चितवन– नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ। मंगलबार दिउँसो खसेको पहिरो बुधबार बिहानबाट पन्छाउन थालिएको हो।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्काे एउटा स्काभेटर मगाइएको छ।
सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ।
पहिरोको तस्वीर हेर्दामाथिबाट अरु थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुंगा पूर्ण रूपमा झरिनसकेकाले साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको उनले बताए।
सो ठाउँमा गत शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ। मंगलबार साँझबाट भने पूर्ण रूपमा ठप्प भएको छ। सडक ठप्प भएसँगै ठूलो संख्यामा सवारीसाधन लाममा छन्। यात्रुवाहक सवारीसाधन भने फर्काएर वैकल्पिक मार्गतर्फ लागेका छन्। मालवाहक सवारीसाधन लाममा छन्।
प्रयोग गर्न सकिने वैकल्पिक मार्ग
डिभिजन सडक कार्यालय चितवनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। कार्यालयले दिएको जानकारीअनुसार साना सवारी चितवनको जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु निस्किन सक्ने छन्। त्रिभुवन राजपथ हुँदै धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्किन सकिने छ।
हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखाने, सिस्नेरी हुँदै दक्षिणकाली बाटो हलुका सवारीसाधन सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ। काठमाडौँतर्फ जाने ठूला सवारीसाधनका लागि पूर्वबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा, गिंगन हुँदै भट्टेडाँडा हुँदै ललितपुरको सातदोबाटो निस्कन सकिने जनाइएको छ।
त्यसैगरी पोखरा जानका लागि ठूला साना दुवै सवारीसाधनले बुटवल हुँदै पोखरा जान मिल्ने जनाएको छ। कालीगण्डकी कोरिडोरको बाटो साना सवारी सञ्चालन गर्न सकिने छ। गैँडाकोटबाट तनहुँको भिमाद र पाल्पाको रामपुर जान सकिने कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
