सोनम वाङचुकले एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको लागि अपील गरेका छन्। उनले यस प्रदर्शनलाई जेनजी क्रान्ति पनि भनेका छन्।
भारतको लद्दाखमा प्रदर्शनकारीले भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा आगजनी गरेका छन्।
केन्द्रशासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै वातावरणविद् र सामाजिक कार्यकर्ताहरू विगत दुई हप्तादेखि आमरण अनशनमा थिए।
बुधबार, सोनम वाङचुकको समर्थनमा ठूलो संख्यामा मानिसहरू लद्दाखको प्रमुख शहर लेहको सडकमा उत्रिए। केही युवाहरूले आफ्नो आक्रोश व्यक्त गर्न लेह हिल काउन्सिल भवनमा ढुंगा प्रहार पनि गरेको बताइएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास र लाठी प्रयोग गरेको थियो, केही भिडियोहरूमा लेह शहरमा धेरै सवारी साधनहरू जलेको र केही झडप पनि भएको देखाइएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार झडपको क्रममा प्रदर्शनकारीहरूले लेहमा रहेको भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा पनि आगजनी गरेका छन्। भाजपा प्रदेश अध्यक्ष तासी ग्यालसन खाचुका अनुसार पार्टी कार्यालयमा आगजनी गरिएको छ र लेहको अवस्था तनावपूर्ण छ।
सोनम वाङचुकले एक्समा एक भिडियो सन्देश जारी गर्दै शान्तिको लागि अपील गरेका छन्। उनले यस प्रदर्शनलाई जेनजी क्रान्ति पनि भनेका छन्।
उनले भने, "यहाँ केही मानिसहरू ३५ दिनदेखि भोक हडतालमा थिए। हिजो, तीमध्ये दुई जना बिरामी परे र धेरै गम्भीर अवस्थामा अस्पतालमा भर्ना भए। यसले मानिसहरूमा धेरै आक्रोश पैदा गरेको छ, र आज सम्पूर्ण लेहमा बन्दको घोषणा गरिएको छ। यस क्रममा हजारौं युवाहरू सडकमा निस्किए। एक तरिकाले, यो 'जेन जेड' क्रान्ति थियो।"
उनका अनुसार यस प्रदर्शनमा सहभागी अधिकांश युवा पाँच वर्षदेखि बेरोजगार छन्। एकपछि अर्को बहाना बनाएर उनीहरूलाई जागिरबाट बाहिर राखिएको छ र लद्दाखलाई पनि सुरक्षित गरिएको छैन। पछिल्लो समय लद्दाखमा लोकतन्त्रको आभाष नभएको उनको गुनासो छ।
सोनम वाङचुकले युवाहरूलाई कुनै पनि परिस्थितिमा हिंसाको सहारा नलिन पनि अपील गरेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार केन्द्र र लद्दाखका प्रतिनिधिहरूबीच अक्टोबर ६ मा नयाँ चरणको वार्ता हुने तय भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
