गुल्मीमा चट्याङ पर्दा १ जनाको मृत्यु, २ घाइते

घाइते दम्पतीको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल प्युठान पठाइएको छ।

गुल्मी– गुल्मीको मदाने गाउँपालिकामा बिहीबार बिहान चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ।

मदाने-५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारूले जानकारी दिए।

उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते भएका छन्। घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दम्पतीको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल प्युठान पठाइएको छ।