काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता करिब १ लाख ३८ हजार जनाले काठमाडौँ उपत्यका छाडिसकेका छन्।
काठमाडौँ– दशैँ शुरू भएसँगै काठमाडौँबाट गाउँ फर्किनेहरूको संख्या दिन बढ्दै गएको छ । विद्यालय तथा कलेज बिदा भएपछि गोंगबु बसपार्कसहित अन्य स्थानमा उपत्यकाबाट बाहिरिने यात्रुको भीड देखिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनादेखि बुधबारसम्म करिब १ लाख ३८ हजार जनाले उपत्यका छाडिसकेका छन्।

यस वर्ष अग्रिम टिकट बुकिङ खुला नगरिए पनि एक दिनअघि टिकट लिन सकिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकीलगायत विभिन्न चोकमा घर फर्किने यात्रुको चहलपहल छ ।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
