बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भासिएको थियो। सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो।
ढोरपाटन– पहिरोले अवरुद्ध बनेको बागलुङ-बलेवा-कुश्मिसेरा सडक सञ्चालनमा आएको छ। असारदेखि अवरुद्ध उक्त सडक बुधबारदेखि सञ्चालनमा आएको हो।
बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो जाँदा करिब १०० मिटर सडक भासिएको थियो। सडक खुलाउनका लागि डोजरसहितका उपकरण प्रयोग गरिएको थियो।
सडक अवरुद्ध हुँदा बागलुङ नगरपालिका-१० गलुवा, भकुन्डे, वडा नं १३ पैयुँपाटा, वडा नं १२ को अमलाचौरसहित दक्षिण बागलुङका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको थियो। बलेवा क्षेत्रबाट २० मिनेटमा सदरमुकाम बागलुङ बजार पुग्न सकिनेमा पहिरोका कारण दुई घण्टाको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो।
पूर्वाधार विकास कार्यालय बागलुङले गत साता पहिरोको अवस्था बुझेर तत्काल सञ्चालनमा ल्याउन गण्डकी प्रदेशअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयमा लागत अनुमानसहित स्वीकृतिका लागि पठाएको थियो।
मन्त्रालयबाट स्वीकृत हुन बाँकी रहेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अनिल बर्देवाले जानकारी दिए। बडादशैँ नजिकिएपछि नागरिकको आवतजावत बढ्ने हुँदा सडक खुलाइएको उनको भनाइ छ।
उक्त स्थानको पहिरो व्यवस्थापनका लागि भू-गर्भविद्को टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत बुझाइसकेको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार रकम नहुँदा पहिरो नियन्त्रण गरी सडकको दीर्घकालीन समाधान गर्न समस्या भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा पहिरो व्यवस्थापनका लागि संघीय सरकारबाट ३ करोड रुपैयाँ विनियोजन भएको छ।
पहिरोका कारण कालीगण्डकी करिडोरसमेत अवरुद्ध हुँदै आएको छ। बर्खाभरि सडक अवरुद्ध हुँदा गाउँमा उत्पादन भएका तरकारी र दूध बजारसम्म पुर्याउन समस्या हुने गरेको स्थानीय किसान कुलराज पौडेलले बताए।
“दूध र तरकारी बजारसम्म पुर्याउनका लागि यान्त्रिक पुलमार्फत कुस्मा हुँदै बागलुङ ल्याउने गरिएको छ। घुमाउरो सडक प्रयोग गर्दा ढुवानी खर्च बढी तिर्नु परिरहेको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
