दशैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ। घटस्थापनादेखि तीन दिनको अवधिमा एक लाख ३८ हजारभन्दा बढी मानिसले उपत्यका छाडेका छन्।
काठमाडौँ– दशैँको घटस्थापना पछिका तीन दिनमा एक लाख ३८ हजार २९६ यात्रुले काठमाडौँ छाडेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज ६ गते (घटस्थापना)का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४ र असोज ८ गते ५७ हजार ५५९ यात्रुले काठमाडौँ छाडेका हुन्।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेश सुवेदीले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएकाहरू दशैँ मनाउन घर जान थालेको जानकारी दिए। उनका अनुसार उक्त तथ्यांक थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट यात्रुहरू गन्तव्यस्थलमा गएकाहरूको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले पानी परेका कारण राजमार्गमा पहिरो जाँदा सवारीसाधनलाई आवतजावतमा समस्या परेको बताए।
“मुग्लिङ–नारायणघाट सडकखण्डमा पहिरो जाँदा घण्टौँसम्म सवारीसाधन बाटोमा रोकिएका छन्, जसका कारण समयमै काठमाडौँमा बस नआउँदा यात्रुलाई गन्तव्यस्थलसम्म पठाउन समस्या भएको छ,” अध्यक्ष स्वारले भने।
काठमाडौँ गोँगबुस्थित राष्ट्रिय बसपार्क नयाँ बसपार्कमा समेत दशैँमा घर जाने यात्रुको चाप बढ्न थालेको छ। नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले नयाँ बसपार्कबाट दैनिक ५०० बस बाहिरिन थालेको बताए।
उनले अरू समयमा दैनिक औसतमा २५० बस बाहिरिए पनि अहिले उक्त संख्यामा वृद्धि भएको बताए। यात्रुको सहजताका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न संघसंस्थाको सहकार्यमा काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
