डब्लूटीओले औपचारिक रूपमा विकसित र विकासोन्मुख देशहरू छुट्याउने व्यवस्था नगरे पनि केही सदस्य राष्ट्रहरूले आफैलाई विकासोन्मुख भनेर पहिचान गर्ने गर्छन्।
काठमाडौँ — चीनले विश्व व्यापार संगठन (डब्लूटीओ)अन्तर्गत विकासोन्मुख देशका लागि दिइने विशेष सुविधा नलिने घोषणा गरेको छ। अमेरिकाले लामो समयदेखि यो कदमको माग गर्दै आएको थियो।
चीनको वाणिज्य मन्त्रालयका अधिकारीहरूले बुधबार यो निर्णय विश्वव्यापी व्यापार प्रणालीलाई सुदृढ गर्न र वर्तमान संरक्षणवादी नीतिहरू तथा आयात प्रतिबन्धका चुनौतीबीच डब्लूटीओलाई प्रभावकारी बनाउन लिइएको बताएका छन्।
यो कदमले चीनको बजारमा विदेशी वस्तुको प्रवेश सहज बनाउँछ वा बनाउँदैन भन्ने स्पष्ट नभए पनि यसले आगामी वार्तालाई प्रभावित गर्नेछ तर विद्यमान सम्झौताहरूमा भने असर गर्ने छैन।
डब्लूटीओका महानिर्देशक एनगोजी ओकोन्जो-इविलाले चीनको यस निर्णयलाई स्वागत गर्दै यसले विवादको मुद्दा समाप्त गरेको र सुधारका लागि ढोका खोलेको बताइन्। उनले अमेरिकी प्रतिक्रिया पनि सकारात्मक रहेको जानकारी दिइन्।
चीनका प्रधानमन्त्री ली किआङले मंगलबार न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र महासभाको साइडलाइनमा भएको विकास फोरममा यो घोषणा गरेका थिए। चीनले यो निर्णय स्वैच्छिक भएको र अन्य विकासोन्मुख देशहरूले यसलाई पछ्याउनुपर्ने छैन भन्ने दाबी गरेको छ।
यद्यपि, चीनले आफूलाई अझै पनि विकासशील देश मान्ने बताउँछ। सरकारी अधिकारीहरूले चीन मध्यम आय भएको राष्ट्र भए पनि विकासोन्मुख विश्वको हिस्सा हो भन्नेमा जोड दिएका छन्। अर्कोतर्फ, अमेरिकाले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएकाले चीनले अब यो हैसियत त्याग्नुपर्ने तर्क गर्दै आएको छ।
डब्लूटीओले औपचारिक रूपमा विकसित र विकासोन्मुख देशहरू छुट्याउने व्यवस्था नगरे पनि केही सदस्य राष्ट्रहरूले आफैलाई विकासोन्मुख भनेर पहिचान गर्ने गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
