निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य पुनः शुरू गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य पुनः शुरू गरेको छ। आयोगको निर्णयअनुसार कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गरिने भएको हो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बलमा गठन भएको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी फागुनमा निर्वाचनको मिति घोषणा गरेको थियो। त्यसपछि मतदाता संकलन रोकिएको थियो। त्यसपछि अध्यादेश ल्याएर मतदाता नामावली संकलनका लागि बाटो खुल्ला गरिएको हो।
अब यसअघि मतदाता नामावलीमा नाम दर्ता नगरेका १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकले आफ्नो नाम दर्ता गर्न सक्नेछन्। सार्वजनिक बिदाका दिनबाहेक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता गराउन सकिने आयोगले जनाएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नाम दर्ता गर्नका लागि आयोगको वेबसाइट www.election.gov.np मा रहेको प्रि-रजिस्ट्रेसन प्रणाली (applyr.election.gov.np) बाट आवेदन भरेर प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा जैविक विवरण उपलब्ध गराउनुपर्नेछ।
नयाँ नाम दर्ताका अतिरिक्त विभिन्न कारणले मतदाता नामावली अद्यावधिक गर्नुपर्ने व्यक्तिहरूका लागि पनि व्यवस्था गरिएको छ। जसअन्तर्गत विवाह भई अन्यत्र गएका वा बसाइँ सरेका मतदाताहरूले आफ्नो ठेगाना ठाउँसारी गर्न सक्नेछन्। नाम वा अन्य विवरणमा त्रुटि भएमा सच्याउन सकिने सुविधा पनि उपलब्ध गराइएको छ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी रहेका सबै योग्य नेपाली नागरिकलाई आफ्नो नागरिक अधिकार प्रयोग गर्न र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
