ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकसँग ठोक्किँदा मोटरसाइकलको पछाडि सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दैलेख – कर्णाली राजमार्गमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ३ ०२–००६ प ८५६६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्न खोज्दा क.प्र. ०२–००१ ख ०२७५ नम्बरको ट्रकसँग ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका कालिकोटको खाडाचक्र नगरपालिका–११ का १८ वर्षीय एडमन शाहीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। ओभरटेक गर्ने क्रममा उनी ट्रकमा ठोक्किएर सडकमा बजारिएका थिए।
टाउकोमा गम्भीर चोट लागेका शाहीलाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।
प्रहरीले ट्रक चालक बालाराम खड्का र मोटरसाइकल चालक विपीन भारतीलाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
