पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

जसका कारण पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। कोशी र बागमतीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।