एशिया कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछ्याएको बांग्लादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।

काठमाडौँ– पाकिस्तान एशिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। बांग्लादेशलाई ११ रनले पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । 

बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछ्याएको बांग्लादेशले २० ओभरमा ९ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।

बांग्लादेशका शमिम होसेनले सर्वाधिक ३० रन बनाए। सेफ हसनले १८ तथा नुरुल हसन सोहन र रिशाद होसेनले समान १६ रन बनाए। 

पाकिस्तानका शाहिन अफ्रिदी र हारिस राउफले समान ३ विकेट लिए। सायम अयुबले २ र मोहमम्द नवाजले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो। पाकिस्तानका मुहम्मद हारिसले सर्वाधिक ३१ रन बनाए। मोहम्मद नवाजले २५ रन बनाए ।

बांग्लादेशका तास्किन अहमदले ३ विकेट तथा मेहदी हसन र रिशाद होसेनले समान २ विकेट लिए।