कस्तो छ सूर्यविनायक–धुलिखेल सडक? [तस्वीरहरू]

सडको काममा ढिलाइ हुँदा दशैँको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो र हिलो झेल्नु परेको छ।

कस्तो छ सूर्यविनायक–धुलिखेल सडक? [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्य विनायकबाट धुलिखेलसम्म १६ किमी सडक ६ लेन विस्तार भइरहेको छ। काम सुस्त हुँदा दशैँको समयमा सो सडक भएर यात्रा गर्ने यात्रुले धुवाँ, धूलो र हिलो झेल्नु परेको छ।

null

२०७९ पुस २४ मा ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम शुरू भएको थियो। सूर्य विनायकबाट साँगासम्म ७.५ किमी र साँगाबाट धुलिखेलसम्म  ८.४ गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ।  

सूर्यविनायक–साँगाका लागि ३ अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेलका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लागेको थियो।  

null

सडक आयोजना कार्यालयका अनुसार बजेट अभावका कारण काममा ढिलाइ भएको हो। जगाती र महादेवखोला पेट्रोल पम्पनजिक २०–२० मिटरका तीनवटा पुल निर्माण गर्नुपर्ने छ। यसका लागि प्रतिमिटर १५ लाख रुपैयाँ लाग्ने अनुमान छ। 

null

२०१७ सालमा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो। २०२१ सालमा सरकारले कानून बनाएर यो मार्गमा त्यही नियमलाई यथावत् राखेको थियो र सोही आधारमा सडक दायाँ–बायाँ घर बनेका थिए।

nullnullnullnull