पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेकाले सावधानीपूर्वक आवतजावत गर्न सडक कार्यालयले अनुरोध गरेको छ।
चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा सहज रूपमा यातायात सञ्चालन भइरहेको छ। एक सातामा पटक–पटक गरी १०५ घण्टा अवरुद्ध भएको सडक बिहीबार राति सञ्चालनमा आएको हो।
उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि विभिन्न समयमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति साढे ११ बजेदेखि दुईतर्फी आवागमन भइरहेको छ।
तत्काल पहिरो झर्ने खालको अवस्था नरहेकोसमेत उनले बताए। “सानातिना पहिरो खस्दा सहजै सफा गर्न सकिने अवस्था छ। हाल सडक सुरक्षित देखिन्छ,” लामिछानेले भने, “पानी पर्दा हिलोसहितको पहिरो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेको छ। सावधानीपूर्वक आवतजावत गर्न हाम्रो आग्रह छ।”
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रोकिएका सबै सवारी गन्तव्यतर्फ पठाइसकिएको बताए। ठूलो पहिरो भए पनि सोचेभन्दा छिटो पन्छाइसकिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
