नेपाल टी–२० लिगमा मिलेमतो र स्पट फिक्सिङ लगायतका गतिविधि भएको खबर बाहिरिएपछि आईसीसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको छ।
काठमाडौँ– काठमाडौँमा जारी नेपाल टी–२० लिगमा देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसीसी प्रतिनिधिले बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ।
बुधबार साँझ नेपाल आएको आईसीसीको टोलीले बिहीबार दिउँसो राखेपका सदस्यसचिव घिसिङसँग भेटवार्ता गरेको हो। यसअघि टोलीले विमानस्थलबाट सोझै कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा निरीक्षण गरेको थियो। त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक रिपोर्ट लिएको थियो।
टोलीले भेट गर्ने क्रममा प्रतियोगिताको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो। यस्तै, टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग पनि भेटघाट गरेको क्यान स्रोतले जानकारी दियो। जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङ लगायतका गतिविधि भएको खबर बाहिरिएपछि आईसीसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको छ।
विवाद सतहमा आएपछि राखेपले बुधबार सत्यतथ्य छानबिन गरी १५ दिनभित्र परिषद्समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो। छानबिन समिति बनाएको जानकारी गराएपछि आईसीसी प्रतिनिधि सहयोग गर्न तयार रहेको राखेप स्रोतले जानकारी दियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
