रामेछापमा ४ म्याग्निच्यूडको भूकम्प

रामेछापको भटौली केन्द्रविन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ।

काठमाडौँ– रामेछापको भटौली केन्द्रविन्दु भएर शुक्रबार दिउँसो भूकम्पको गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रविन्दु भई चार म्याग्निच्यूडको भूकम्प गएको हो।

यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बागलुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।