कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।