ललिनपुरको खोकनाका नेवार समुदायले सिकाली जात्रालाई मुख्य पर्वका रूपमा मनाउने गरेका छन्।
काठमाडौँ– ललितपुरको खोकनामा सिकाली जात्रा मनाइएको छ। खोकनाका नेवार समुदायले सिकालीलाई मुख्य पर्वका रूपमा मनाउने गरेका छन्।
स्वस्थानी कथामा आधारित नाचमा महालक्ष्मीले महिषासुरलाई वध गरेको खुशीयालीमा यो पर्व मनाइन्छ। जात्रामा ४६ देवगणसहित सिकाली चौरमा हुने अश्वमेध यज्ञ र ४६ देवगण, वीरभद्र र महाकाली, भैरव र देवताको खट गाउँ परिक्रमा गराइन्छ।

यो क्रम घटस्थापनामा शुरू भएर फूलपातीसम्म जारी रहन्छ। यस क्रममा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने भन्दै निरन्तर बाजा बजाइन्छ।

पञ्चमीका दिन आ–आफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी प्रत्येक गुठीमा ‘घ्याम्पो द्य’ अर्थात् नवदुर्गासहित देवीदेवताको पूजा अर्चनाका साथै परम्परागत नाच र जात्रा गर्ने गरिन्छ।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
