मन्त्री महावीर पुनले ट्रमा सेन्टरमा उपचाररत जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्दा उनीहरूले आफ्नो व्यक्तिगत स्वास्थ्यभन्दा बढी आन्दोलनको माग पूरा हुने/नहुनेबारे चिन्ता व्यक्त गरेको बताएका छन्।
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई आफ्नो शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुने/नहुने कुराको बढी चिन्ता रहेको बताएका छन्।
शनिबार वीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको अवस्था बुझ्ने क्रममा मन्त्री पुनले सो कुरा बताएका हुन्। उनले बिरामीहरूको उपचार राम्रै भइरहेको पनि जानकारी दिए।
मन्त्री पुनले घाइतेहरूको चिन्ता उद्धृत गर्दै भने, “बिरामीहरूको माग वा मुद्दा भनेको जेनजी आन्दोलनको माग हो। यसकै लागि लडेको हो। ‘हाम्रो माग पूरा हुनुपर्छ’ भन्ने छ। उहाँहरूको स्वास्थ्यको कुरा गर्ने हो भने उपचार राम्रै भइरहेको छ। उहाँहरूलाई आफ्नो शरीरको चिन्ताभन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुँदैन भन्ने कुराको चिन्ता छ।”
यसैगरी, ट्रमा सेन्टरमा दुई जना विद्यार्थी पनि रहेको उल्लेख गर्दै उनले घाइतेहरूलाई सन्चो भएपछि पढाइको विषयमा जे गर्नुपरे पनि गर्न तयार रहेको आश्वासन दिएको बताए। साथै, हालको परिस्थितिका लागि अन्तरिम सरकारले जे घोषणा गरेको छ, त्यहीअनुसारको काम हुने पनि मन्त्री पुनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
