सिन्धुपाल्चोकको भोटेकोशीमा मोटरसाइकल दुर्घटनामा घाइते भएकी एक अस्ट्रेलियाली महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
सिन्धुपाल्चोक– जिल्लाको बाह्रबिसे-तातोपानी खण्डअन्तर्गत भोटेकोशी गाउँपालिका-४ चारकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जना अस्ट्रेलियाली नागरिकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार शनिबार बिहान बा ८९ प ९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा ७१ वर्षीय पेटर ज्याक्सन र ६८ वर्षीया जनेट ज्याक्सन घाइते भएका थिए।
दुवै जनालाई स्थानीयस्तरमा उद्धार गरी धुलिखेल अस्पतालको शाखा स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको नर्भिक अस्पताल पठाइएको थियो।
प्रहरी नायब उपरीक्षक खरेलका अनुसार उपचारका क्रममा जनेटको शनिबार दिउँसो मृत्यु भएको हो। मोटरसाइकल चालक पेटर भने हाल नर्भिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
