दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट अझै मनसुन बहिर्गमन भइसकेको जनाएको छ। शनिबार दशैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको विभागको मौसम पूर्वानुमान महाशाखाले अझै मनसुनी वायुको प्रभाव जारी नै रहेको जनाएको हो।
हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशैँ अवधिभर पनि मनसुनी वायुको प्रभाव रहिरहने छ। नेपालमा सरदरमा अक्टोबर २ तारिखमा मनसुन बहिर्गमन हुने भए पनि प्रत्येक वर्ष सो मिति भने फरक–फरक हुने विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए।
महाशाखाका अनुसार असोज १४ (अष्टमी)मा बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। असोज १५ (नवमी)मा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कायस्थले जानकारी दिए।
उनका अनुसार असोज १६ (दशमी)का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस वर्षको दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकाले मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
