कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।

काठमाडौँ– देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा मध्यम वर्षा हुनेछ। कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

कोशी, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।