सम्पत्ती बीमा ५९४, मोटर बीमा दुई हजार २०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ।
काठमाडौँ– जेनजी आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बराबरको परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबीको सूचना आउने क्रम जारी रहेको छ। हालसम्म सम्पत्ती बीमा ५९४, मोटर बीमा दुई हजार २०९, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ।
सबैभन्दा धेरै बीमा दाबी बागमती प्रदेशको रहेको छ। सो प्रदेशमा एक हजार ६०८ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ। कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा ३१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटाको दाबी परेको छ। हालसम्म कुल दुई हजार ९८८ वटा बीमा दाबीको आवेदन परेको छ।
भौतिक क्षति धेरै भएकाले दाबी संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। प्राधिकरणका अनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा र ५ अर्ब ४५ करोड ९३ लाख बराबरको दाबी आवेदन परेको छ।
यस्तै, दि ओरियन्टल इन्स्योरेन्समा ५ अर्ब २३ करोड २४ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा २ अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोड १३ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबीको आवेदन परेको छ।
मुलुकभर १४ वटा निर्जीवन बीमा कम्पनीसहित चार माइक्रो इन्स्योरेन्स कम्पनीमा ती आवेदन परेको प्राधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
