सल्यानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जाँदै गरेको गाडी सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना भएको छ।

काठमाडौँ– सल्यानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

आइतबार बिहान रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको गाडी सल्यानको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना भएको हो। 

मृत्यु हुनेमा बाफिकोट गाउँपालिका– ५ का प्रकाश केसी, सोही ठाउँकै अन्दाजी पवि केसी र शशीधर केसी  छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ।