सान फ्रान्सिस्कोमा आँधीका कारण २ जनाको मृत्यु

प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक कम्पनीका अनुसार खाडी क्षेत्रका करिब  एक लाख घरधुरी बिजुलीबाट वञ्चित भएका छन्।

अमेरिकाको सान फ्रान्सिस्को खाडी क्षेत्रमा बुधबार आएको तीव्र हावा, मुसलधारे पानी र आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएका छन्।

फेयरफिल्डमा तुफानका कारण १९ वर्षीया महिलाको मृत्यु भएको छ। त्यसैगरी, सोनोमा काउन्टीको अक्सिडेन्टल शहरमा दिउँसो हावाले रूख ढलेर घरमा ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

प्यासिफिक ग्यास एन्ड इलेक्ट्रिक कम्पनीका अनुसार खाडी क्षेत्रका करिब  एक लाख घरधुरी बिजुलीबाट वञ्चित भएका छन्।

न्यान्सी वार्ड गभर्नर कार्यालय आपतकालीन सेवाका निर्देशकले क्यालिफोर्नियाले गत पाँच वर्षमा यहाँ सबैभन्दा चुनौतीपूर्ण आँधीको रूपमा यस आँधीलाई लिएको बताए।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै सान फ्रान्सिस्कोका मेयर लन्डन ब्रीडले  स्थानीय जनतालाई सम्भावित खतराबाट सतर्क रहन आग्रह गरेका छन्।