एशिया कपको उपाधि भारतलाई

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

काठमाडौँ– भारतले नवौँ पटक एशिया कपको उपाधि जितेको छ। आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारत च्याम्पियन बनेको हो।  

पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। भारतका तिलक बर्माले ६९ रनको अविजित पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। 

पाकिस्तानका फहिक असरफले ३ विकेट लिए। शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि दुबई क्रिकेट रगंशालाामा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.१ ओभरमा १४६ रन बनाउँदै अलआउट भयो। 

पाकिस्तानका लागि जाहिबजादा फरानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। फखर जमान ४६ रनमा आउट भए। 

भारतका लागि कुलदिप यादवले ४ विकेट लिए। जसप्रित बुमराह, वरुण चक्रवती र अक्षर पटेलले समान २ विकेट लिए।