काठमाडौँको भीमसेनस्थान नजिक आगलागी

दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२० भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ।  

सोमबार बिहान ४ बजेदेखि आगलागी शुरू भएको थियो। 

नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। 

“बिहान करिब ४ आगलागी भएको थियो। दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ। क्षतिको विवरण संकलन भइरहेको छ,” उनले भनिन्।