अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको अर्घाखाँची  अस्पतालमा उपचार भइरहेको छ।

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जिप  (फोर्स गाडी) दुर्घटना हुँदा  दुई जनाको मृत्यु भएको छ। २४ जना घाइते भएका छन्। 

सडकमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को जिप सोमबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख  दिवस जिसीले जानकारी दिए। 

मृत्यु हुनेमा  गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका  १० वर्षीय  अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल छन्। 

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरूको अर्घाखाँची  अस्पतालमा उपचार भइरहेको छ। एकजना घाइतेलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ।