उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
खाँदबारी– उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको खाँदबारी–किमाथांका सडकखण्ड भदौ १५ गतेको पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ को अल्फटे क्षेत्रमा आएको पहिरोले करिब २०० मिटर सडक बगाएपछि यस क्षेत्रको आवागमन ठप्प भएको हो।
सडक अवरुद्ध हुँदा यातायात मात्र नभई आसपासका गाउँबस्तीका स्थानीयको जनजीवन नराम्ररी प्रभावित भएको छ। पहिरोले निजी जग्गा, खेतबारी, बालीनाली र बोटबिरुवामा समेत क्षति पुगेको स्थानीयले बताएका छन्।
सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार पहिरो प्रभावित क्षेत्रमा माटो दलदले भएको र भारी मेसिन परिचालन गर्न कठिन भएकाले तत्काल सडक सञ्चालन सम्भव छैन। गुरुङले नदीको बहाव नघटेको र मौसम अनुकूल बनेलगत्तै मर्मत कार्य सुरु गर्ने तयारी भएको जानकारी दिनुभयो।
सडक खुल्न ढिलाइ हुँदा खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत रोकिएपछि स्थानीय थप समस्यामा परेका छन्। भोटखोलाका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार यात्रुहरू वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यतामा छन्, जसले गर्दा जनजीवन निकै कष्टकर बनेको छ।
जिल्ला प्रशासन कार्यालय, भोटखोला र मकालु गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाबीच निरन्तर समन्वय भइरहेको छ।
यस विषयमा सडक योजना कार्यालयले विज्ञप्ति जारी गर्दै अवरोधका कारण भएको असुविधाप्रति सार्वजनिक रूपमा क्षमा मागेको छ। कार्यालय प्रमुख गुरुङले "अनुकूल मौसम बनेलगत्तै सडक यथाशीघ्र सञ्चालनमा ल्याइनेछ" भन्नुभएको छ।
पूर्वी नेपाललाई चीनसँग जोड्ने महत्त्वपूर्ण रणनीतिक मार्ग भएकाले सडक अवरोधका कारण स्थानीय मात्र नभई राष्ट्रियस्तरमै चुनौती थपिएको सरोकारवालाहरूले औँल्याएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
