छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ।
काठमाडौँ– सवारी परीक्षण कार्यालय, इटहरी का प्रमुख (मेकानिकल इन्जिनियर) रोशन कुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई अनियमितताको उजुरीपछि जिम्मेवारीबाट हटाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार दुवै जनालाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको हो।
कार्यालय प्रमुख देव र लेखापाल बस्नेतविरुद्ध सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाइ, अनावश्यक दुःख हैरानी दिने लगायतका उजुरी परेका थिए। कार्यालयमा भइरहेको अनियमितता र त्यसमा संलग्न कर्मचारीबारे प्रमाणसहितको गुनासो ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङसमक्ष पुगेको थियो। मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए।
सोहीअनुसार, कार्यालयमा भएको भनिएको अनियमितता छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिजालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ।
समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ। समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन/अनुसन्धान गर्ने र कारबाहीका लागि सिफारिस गर्नेछ।
उक्त कार्यालयले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारीसाधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारीसाधनको स्तर कायम गर्ने, जाँचपास गर्ने र प्रदूषण परीक्षण लगायतका महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
