दशैँ मनाउनका लागि पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रुले काठमाडौँ छाडेका छन् भने घटस्थापनादेखि अहिलेसम्म चार लाख ६७ हजारभन्दा बढी यात्रु बाहिरिसकेका छन्।
काठमाडौँ– पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। दशैँ मनाउनका लागि एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यही असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा चार लाख ६७ हजार ९७७ जना काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
यसैगरी घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा दुई लाख ५२ हजार ७५५ जना काठमाडौँ उपत्यका भित्रिएका प्रहरीले जनाएको छ।
दशैँको चहलपहल शुरूभएसँगै गाउँ फर्किने नागरिकको संख्या बढ्न थालेका कारण काठमाडौँ उपत्यकाभन्दा बाहिरी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएको प्रवक्ता सुवेदीले बताए।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन् भने १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौँ भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
