नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै शृंखलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो।
काठमाडौँ– नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी२० शृंखलामा एक खेल अगावै विजयी भएको छ।
यूएईको शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै शृंखलाको उपाधि जितेको हो। पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो।
सोमबारको खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिज १७.१ ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए। उनले १५ बलमा दुई छक्कासहित सर्वाधिक २१ रन बनाए। यस्तै, एकिम अगष्टले १७ तथा अमिर जांगो १६ रन जोडे।
नेपालको लागि आदिल आलमले ४ विकेट लिए। यस्तै, कुशल भुर्तेलले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनको योगफल बनाएको थियो।
नेपालका लागि आशिफ शेखले ४७ बलमा ८ चौका र २ छक्काको मद्दतमा अविजित ६८ रनको योगदान गरे। यसैगरी सन्दीप जोराले ३९ बलमा ५ छक्का र ३ चौकासहित ६३ रन बनाए। यस्तै, मोहम्मद आदिल आलमले ११ रन बनाए।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान २–२ विकेट लिए भने जेडिया ब्लेड्सले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
