रोजगारी, अध्ययन तथा पेसा व्यवसायको लागि बजार झरेका र बिदेसिएकाहरू जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघरमा चहलपहल बढेको छ।
म्याग्दी– वर्षा कम हुँदै गएपछि खुल्न थालेको निलो आकाश। हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृंखला। रातोमाटो र कमेरोले रंगिएका घर। खेत–बारीमा लहलह झुलेका धान र कोदोको बाला। लिंगे र रोटेपिङमा मच्चिँदाको आनन्द।
दशैँले सबैको मनमा उमंग छाएको छ। शहर बजार र बिदेसिएकाहरू दशैँ मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका गाउँघर गुल्जार भएका छन्। रोजगारी, अध्ययन, पेसा र व्यवसायको लागि बजार झरेका र बिदेसिएका जन्मथलो फर्किएपछि गाउँघरमा चहलपहल बढेको मालिका गाउँपालिका–३ का गोविन्द पटेलले बताए।
“अघिपछि गाउँघरमा युवा नभए पनि बिदेसिएका र शहर पसेका आफन्त गाउँ फर्केपछि रौनक छाएको छ,” उनले भने, “चाडपर्वले वर्षौंपछि आफन्त, साथीभाइ र इष्टमित्रको मिलन गराउँदा उमंग छाएको छ।”
६ वटा स्थानीय तहको ४५ वटा वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसंख्या छ। २०६८ सालयता म्याग्दीको जनसंख्या करिब सात हजारले घटेको हो। गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस शहर जाने तथा बिदेसिने क्रम बढेको छ। आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दीका स्थानीय तहमा ८९ परिवार बसाइँ सरेर गरेर आउँदा २४७ परिवारले थातथलो छोडेर अन्यत्र गएका छन्।
अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिकहरू बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल बढेको छ। धवलागिरि गाउँपालिका–७ ताकमका सुनेश केसी पाँच वर्षपछि दशैँ मनाउन कोरियाबाट जन्मथलो आएका छन्।
“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर न्यास्रो लाग्थ्यो,” उनले भने “उकाली ओराली गरेका भूगोल, सँगै पढेका साथीभाइ, आफन्तजन र छिमेकीसँगको आत्मीयता विदेशमा हुँदैन।”
शहरबजार र विदेशको चाडपर्व घर र परिवारमा सीमित हुन्छ। गाउँघरको चाडपर्वमा मौलिकता र संस्कृति लुकेको हुन्छ। आफन्त साथीभाइ र इष्टमित्रको भेटघाटले विगतको स्मरण गराई नयाँ योजना बनाउन सघाउने बेनी नगरपालिका–५ का दिनेश बानियाँले बताए।
दशैँको नवदुर्गामा गरिने पूजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दशैको विशेष महत्त्व हुने दशैँ मनाउनका लागि बेनीबाट जन्मथलो रघुगंगा–४ दग्नाम स्थित घरमा गएकी सोनालिका गर्बुजाले बताइन्।
“बच्चा हुँदाको झल्को मेटाउन गाउँ आएर लिंगे पिङ हालेका छौँ,” पोखराबाट दशैँ मनाउन धवलागिरि गाउँपालिका–७ हिलापोखरी स्थित जन्मथलोमा आएका खुम पुनले भनिन्, “बाँसको लिंगो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच... हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै हुन्छ।”
गाउँको बाटाघाटा र सार्वजनिक स्थल श्रमदान गरेर सरसफाइ गरेका छन्। प्रायः जसो गाउँका कोतघरमा महानवमीको दिनमा मेला लाग्ने गर्छ। बाइसे चौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतान लगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
