मनसुनी वायु सक्रिय, देशभर वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

काठमाडौँ– देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका पहाडी भूभाग तथा तराईका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। 

 तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनेछ। 

राति कोशी, मधेश र बागमतीका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका  केही र बाँकी भूभागमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।