नवघोषित कुमारी इटुम्बहालकी अढाइ वर्षीया आर्यतारा शाक्यले अब विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्नेछ।
काठमाडौँ– नवघोषित कुमारी आर्यतारा शाक्यलाई मंगलबार आयोजित एक विशेष समारोहमा विधिपूर्वक कुमारीघरमा आसन (स्थापित) गराइएको छ।
विशेषगरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले जीवित देवीका रूपमा सम्मान गर्ने कुमारीलाई बाजागाजासहित पूजा गरी आसन गराइएको हो।
इटुम्बहालकी अढाइ वर्षीया शाक्यले औपचारिक जिम्मेवारी ग्रहण गरेसँगै उनको राजकीय भूमिका शुरू भएको छ। अब उनले विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्नेछ। तत्कालीन राजा जयप्रकाश मल्लले कुमारी परम्परालाई स्थापना गरेको बताइन्छ।
कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार इन्द्रजात्रा, नवरात्रीलगायत तोकिएका परम्परागत संस्कृतिमा कुमारीले सहभागिता जनाउने तथा तोकिएको समयमा सर्वसाधारणलाई दर्शन दिने कार्यसूची हुन्छ।
वसन्तपुरस्थित कुमारीघरमा नियमानुसार कुमारीलाई आवश्यक सेवा तथा खानपान, आवासको प्रबन्ध गर्ने प्रचलन छ। कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा रहँदै आएको छ।
कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालाहरूको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारीमा छनोट गरिएको थियो। यसैबीच, निवर्तमान कुमारी तृष्णा शाक्यलाई पनि विशेष समारोहमा पूजाआजा गरी बिदाइ गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
