पहिरो पन्छाउन केही समय लाग्ने भएकाले लेन अनुशासन पालना गर्दै धैर्य गर्न सडक डिभिजन कार्यालय भरतपुरले यात्रुहरूलाई अनुरोध गरेको छ।
भरतपुर– नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा मंगलबार साँझ ७ः३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरोस्थलतर्फ गएका छन्। पहिरो गएसँगै दशैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन्।
पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धैर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ। यस ठाउँमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
