कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार बोलेरो जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार बोलेरो जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार दैजी–जोगबुढा सडकखण्डमा दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से१ज ४१७ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। जिप सडकबाट करिब २० मिटर तल खसेको थियो।
दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–४ की करिब दुई वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहराले बताए। अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेमा कृष्णपुर–१ वाणीकी ३३ वर्षीया धना बोहरा र उनका चार वर्षीय छोरा कमल बोहरा, बेदकोट–४ की ३० वर्षीया तारा पाल, उनका १० वर्षीय छोरा प्रिन्स पाल र स्थानीय ३५ वर्षीया देविन्द्र धामी घाइते भएका छन्।
यस्तै, डडेल्धुराको परशुराम नगरपालिका–११ का २४ वर्षीय वीरेन्द्र कुँवर, उनकी २१ वर्षीया पत्नी मनिषा कुँवर र सोही नगरपालिकाका २८ वर्षीय नरेश सार्की घाइते भएका छन्।
दुर्घटनापछि चालक फरार रहेका छन्। जिपमा चालकसहित १० जना सवार रहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
