मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सुचारु भएको छ।
भरतपुर— मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै खसेको पहिरो पन्छाएपछि हाल यातायात आवागमन सुचारु भएको छ।
इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा मंगलबार साँझ करिब ७:३० बजेतिर पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार वर्षाका कारण माथिबाट लेदो खस्दा अवरुद्ध भएको सडकलाई डिभिजनको मेशिन प्रयोग गरी पहिरो हटाइएको हो।
सडक डिभिजन भरतपुरले यात्रुहरूलाई सुरक्षित यात्राका लागि लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ। यो खण्डमा पटक-पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
