घटस्थापनाको दिनमा घरघरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्छन्।
काठमाडौँ– विजयादशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा लगाइने जमरा काठमाडौँको चोकहरूमा बिक्रीका लागि राखिएको छ।
घटस्थापनाको दिनमा घरघरमा राखिने जमरा विभिन्न कारणले घरमा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किन्ने गर्छन्। प्रतिटपरी १०० देखि १५० रुपैयाँसम्ममा जमरा बिक्री भइरहेको व्यापारीहरूले बताएका छन्।
दशैँमा मान्यजनले टिका लगाइदिँदा निधारभरी रातो अक्षतासँगै कानमा पहेँला जमरा लगाइदिने चलन छ। निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैँको मनाएको संकेतको रूपमा लिइन्छ।

धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रूपमा जौको प्रयोग गरिने चलन रहेको छ।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
