सुनसान छन् काठमाडौँका सडक

काठमाडौँबाट बाहिरका जिल्लामा दशैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडकमा न्यून सवारीसाधन आवागमन भएको देखिन्छ।

काठमाडौँ– विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन्।

काठमाडौँबाट बाहिरका जिल्लामा दशैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडकमा न्यून सवारीसाधन आवागमन भएको देखिन्छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ। टीकाको समय शुरू भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ।

दशैँको नवमीका दिनसम्म ६ लाख ११ हजार ५५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्यांक छ।