झापामा बस दुर्घटना: २ जनाको मृत्यु, १३ घाइते

घाइते सबैको स्थानीय बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

बनियानी– झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि बिहीबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्। 

विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रुवाहक बस दुर्घटना भएको हो। दुर्घटनामा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रंगेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

घाइते सबैको स्थानीय बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए। दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ।