मलेसियाले महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई ३ रनले पराजित गरेको छ।
काठमाडौँ– मलेसियाले महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई ३ रनले पराजित गरेको छ। क्वालालम्पुरमा बिहीबार भएको रोमाञ्चक खेल नेपालले गुमाएसँगै पाँच खेलको शृंखलामा मलेसियाले १–० को अग्रता लिएको हो। शृंखलाको दोस्रो खेल अब शनिबार हुनेछ।
क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो।
ब्याटिङतर्फ मलेसियाका लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन जोडिन्।
बलिङतर्फ नेपालका लागि सुमन विष्टले दुई तथा रुबिना क्षेत्रीले एक विकेट लिएका थिए।
जितका लागि १०५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा सात विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो। अन्तिम बलसम्म चलेको खेलमा नेपाललाई जितका लागि ७ रन चाहिएकोमा ३ रन मात्र बनाउन सकेको थियो।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाइन् भने सम्झना खड्काले १८ रन जोडिन्।
नेपाली महिला टोलीले आगामी जनवरीमा यहाँ आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोट खेल्ने तयारीस्वरूप यो शृंखला खेलिरहेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
