दशैँमा टीका र जमरा लगाएपछि, तीन दिनसम्म सुनसानजस्तै रहेका उपत्यकाका सडकहरूमा मानिसहरूको चहलपहल बाक्लिएको छ।
काठमाडौँ– बडादशैँको टीका र जमरा ग्रहणसँगै काठमाडौँ उपत्यकामा मानिसहरूको चहलपहल बढेको छ। दशैँको तीन दिनयता सुनसानजस्तै देखिएका उपत्यकाका सडकमा अहिले मानिसहरूको उपस्थिति बाक्लिँदै गरेको हो।
विशेषगरी, उपत्यका नजिकका जिल्लाहरूबाट दशैँ मनाएर काठमाडौँ फर्किने र टीका तथा आशीर्वाद लिन हिँडडुल गर्ने सर्वसाधारणको चाप बढेको छ।
सडकमा सवारी चाप पनि निकै बढेको छ। कोटेश्वर, कलंकी, गंगबु, महाराजगन्जलगायतका मुख्य चोक तथा भित्री सडकहरूमा समेत मानिसहरूको भीड बढ्दै गएको छ।
बडादशैँको मुख्य दिन मान्यजनको हातबाट शुभ साइतमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएपछि सर्वसाधारण अब टाढा-टाढाका आफन्तकोमा टीका लगाउन जान थालेका छन्, जसका कारण उपत्यकाको दैनिक जनजीवन पूर्ववत् अवस्थामा फर्किन थालेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
