इजरायली आक्रमणको क्रममा मृत्यु हुने पत्रकारहरूको संख्या २५४ पुगेको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ।
सन् २०२३ अक्टोबर ७ बाट गाजा पट्टीमा शुरू भएको इजरायली आक्रमणको क्रममा मृत्यु हुने प्यालेस्टिनी पत्रकारहरूको संख्या २५४ पुगेको गाजाको सरकारी मिडिया कार्यालयले जनाएको छ।
कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार पछिल्लो पटक पत्रकार सामी दाउद र याह्या मोहम्मद बर्जाकको मृत्यु घोषणा भएपछि इजरायली युद्ध शुरू भएदेखि मारिएका पत्रकारहरूको कुल संख्या २५४ पुगेको हो।
गाजाको सरकारी मिडिया कार्यालयले पत्रकार र मिडिया व्यवसायीहरूविरुद्ध भइरहेका यी ‘व्यवस्थित अपराध’को निन्दा गर्न अन्तर्राष्ट्रिय समुदायलाई कडा आह्वान गरेको छ।
कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अरब पत्रकार महासंघ तथा विश्वभरिका सबै पत्रकार संगठनलाई नरसंहारको अपराध रोक्न, गाजा पट्टीमा पत्रकार र मिडिया पेशाकर्मीहरूको सुरक्षा गर्न, हत्याको अन्त्यका लागि ‘गम्भीर र प्रभावकारी दबाब’ सिर्जना गर्न आग्रह गर्दै सहयोगका लागि अपिल गरेको छ।
सहायता बोकेको ४० जहाज इजरायलले रोक्यो
गाजा पट्टीमा नाकाबन्दीको बेवास्ता गर्दै मानवीय सहायता पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय मिसनका रूपमा गएका ४४ वटा पानी जहाजमध्ये ४० वटा जहाज इजरायली सेनाले रोकेको फ्लोटिलाका आयोजकहरूले बताएका छन्।
आयोजकहरूका अनुसार, इजरायली सेनाले जहाजहरूमा आक्रमण गरी जहाजमा रहेका २५ जना टर्की कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।
गाजामा मानवीय सहायता ढुवानी गर्ने नागरिक र शान्तिपूर्ण फ्लोटिलाका आयोजकहरूले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जल क्षेत्रमा इजरायली सेनाले ‘अवैध छापा’ मारेको उल्लेख गरिएको छ।
उनीहरूले यो कार्यलाई इजरायली कब्जाको अभ्यास र अन्तर्राष्ट्रिय कानून एवं समुद्री सुरक्षाको गम्भीर उल्लंघन भएको जनाएका छन्। फ्लोटिला पूर्ण रूपमा मानवीय उद्देश्यका लागि स्थापित भएको कुरामा उनीहरूले जोड दिएका छन्।
पहिलो, ४५ भन्दा बढी देशका ५३२ नागरिक समाजका कार्यकर्ताहरू सवार लगभग ५० वटा जहाजहरू (जसमध्ये ४४ ले यात्रा शुरू गरेका थिए) गाजातर्फ एकैसाथ यात्रा गरिरहेका थिए। यी जहाजहरूमा मानवीय सहायता, विशेष गरी चिकित्सा आपूर्ति जहाजहरूमा लोड गरिएको थियो।
गाजामा घेराबन्दी तोड्ने प्रयास गर्ने अन्तर्राष्ट्रिय समितिले इजरायलले फ्लोटिलाका केही जहाजहरूमा छापा मारेको पुष्टि गरेको छ।
यसै घटनालाई लिएर एम्नेस्टी इन्टरनेसनललगायत अन्तर्राष्ट्रिय संस्थाहरूले फ्लोटिलाको सुरक्षाका लागि आह्वान गरेका छन् भने संयुक्त राष्ट्रसंघले यसमा भएको कुनै पनि आक्रमण ‘अस्वीकार्य’ हुने बताएका छ।
मिडिया स्रोतहरूका अनुसार, इजरायलले अधिकांश जहाजहरू रोके पनि कम्तीमा दुई वटा जहाजले गाजा पट्टीमा आफ्नो यात्रा जारी राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
